२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दा

एमाले उपाध्यक्ष विष्णु पौडेल पुल्चोक प्रहरी प्रभागको हिरासतमा : अनुसन्धान जारी

बुधवार , आषाढ १०, २०८३

 काठमाडौं  / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको छ।

विशेष अदालतले उनलाई सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि पौडेललाई पुल्चोक प्रहरी प्रभागको हिरासत कक्षमा राखिएको हो।

प्रहरी स्रोतका अनुसार प्रभागमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष रहेका छन्। हाल अन्य कुनै व्यक्ति हिरासतमा नरहेकाले पौडेल एक्लै हिरासतमा रहेका छन्।
‘अहिले अन्य हिरासतमा रहेका व्यक्ति नभएकाले उहाँ एक्लै हुनुहुन्छ,’ प्रहरी स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालय पनि पुल्चोकमै रहेकाले बयान तथा अनुसन्धानका अन्य प्रक्रियाका लागि आउजाउ गर्न सहज हुने भएकाले पौडेललाई सोही प्रभागमा राखिएको प्रहरी स्रोतको भनाइ छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको विभागले जनाएको छ। अनुसन्धानका क्रममा आवश्यक बयान तथा प्रमाण संकलनको कार्य भइरहेको बताइएको छ । पौडेललाई बयानका लागि बुधबार सम्पत्ति सुद्धीकरण अनुसन्धान कार्यालयमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट