२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

लगानी बढाउँदै बै‌कहरु

हायर पर्चेज कर्जामा वाणिज्य बैंकहरूले गरे साढे १ खर्ब बढी लगानी (सुचीसहित)

ग्लोबल आईएमई शीर्ष स्थानमा, एभरेष्टको लोभलाग्दो वृद्धि

बुधवार , आषाढ १०, २०८३

काठमाडौँ । पछिल्लो समय वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जामा लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूको यस्तो कर्जा प्रवाहमा तीव्र प्रतिस्पर्धा गरिरहेको वित्तिय विवरणले देखाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरूले हायर पर्चेज कर्जा शीर्षकमा साढे १ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकहरुले यस्तो कर्जामा लगानी १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख ५० हजार रुपैयाँ गरेका थिए ।

विवरण अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्त  सम्ममा सबैभन्दा बढी हायर पर्चेज कर्जा लगानी गर्नेमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिएको छ । त्यस्तै, गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा एभरेष्ट बैंक अग्रस्थानमा छ ।

वैशाख मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले १५ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ । यद्यपि, यो लगानी गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव २३ प्रतिशतले कम हो । गत वर्ष वैशाखमा बैंकको लगानी १५ अर्ब ७१ करोड रुपैयाँ थियो ।  

त्यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले आफ्नो लगानी १२ दशमलव १४ प्रतिशतले बढाउँदै १३ अर्ब ५ करोड २१ लाख रुपैयाँ पु¥याएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २१ दशमलव ७९ प्रतिशतको वृद्धिसहित ११ अर्ब १० करोड २४ लाख रुपैयाँ र चौथो स्थानमा रहेको एभरेष्ट बैंकले हायर पर्चेज कर्जा प्रवाह गरेका छन् ।

वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष हायर पर्चेज कर्जा बढाउन एभरेष्ट बैंक सबैभन्दा आक्रामक देखिन्छ । गत वर्षको वैशाखसम्ममा ४ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ मात्र लगानी गरेको यस बैंकले चालु वर्षको वैशाखसम्म ११२ दशमलव ५९ प्रतिशतको ठुलो वृद्धि हासिल गर्दै १० अर्ब ५४ करोड रुपैयाँ पु-याएको हो ।

समीक्षा अवधीमा एभरेष्टबाहेक कृषि विकास बैंक ५० दशमलव ६६ प्रतिशत , हिमालयन बैंक ४२ दशमलव २४ प्रतिशत र नेपाल एसबीआई बैंक ४० दशमलव ९१ प्रतिशत को हायर पर्चेज कर्जा वृद्धिदर गरेका छन् । 

केही बैंकहरूले भने हायर पर्चेज कर्जामा संकुचन आएको छ । समीक्षा अवधीमा सबैभन्दा बढी गिरावट स्ट्यान्डर्ड चार्टर्ड बैंकमा देखिएको छ, जसको लगानी ४२ दशमलव ३८ प्रतिशतले घटेर ९८ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै, एनआईसी एशिया बैंकको त्यस्तो कर्जा ३८ दशमलव ९४ प्रतिशतले घटेर १ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा झरेको छ भने कुमारी बैंकको पनि ३७ दशमलव १६ प्रतिशतले घटेर ३ अर्ब २१ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको नेपाल बैंकको लगानी पनि १९ दशमलव ५७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

 १०  वाणिज्य बैंकहरूको हायर पर्चेज कर्जामा लगानीकाे अवस्था  (रु. १० लाखमा)

बैंकको नाम वैशाख २०८३   वैशाख २०८२  
ग्लोबल आईएमई बैंक १५,५१६.६२ १५,७१०.४३
नबिल बैंक १३,०५२.१० ११,६३९.०५
राष्ट्रिय वाणिज्य बैंक ११,१०२.४९ ९,११६.१७
एभरेष्ट बैंक १०,५४२.६२ ४,९५९.१९
हिमालयन बैंक ९,१४१.३५ ६,४२६.९३
एनएमबी बैंक ६,९००.२९ ६,७००.८९
सानिमा बैंक ६,६५७.६३ ६,७१३.५६
प्रभु बैंक ६,३८६.१३ ५,८२७.४५
कृषि विकास बैंक ६,३२१.१७ ४,१९५.५५
इन्भेष्टमेन्ट मेगा बैंक ५,९९६.५४ ५,१६६.६४

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट