२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

कांग्रेसको १५औँ महाधिवेशन लक्षित

सदस्यता अभियान सुरु : ७७ जिल्लामा केन्द्रका प्रतिनिधि परिचालन (सूचीसहित)

बुधवार , आषाढ १०, २०८३

काठमाडौं / नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी क्रियाशील सदस्यता विस्तार अभियान अघि बढाएको छ। अभियानलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन पार्टीले सबै ७७ जिल्लामा केन्द्रबाट प्रतिनिधि परिचालन गरेको जनाएको छ ।

सदस्यता व्यवस्थापनसँग सम्बन्धित केन्द्रीय निकायको निर्णयअनुसार खटाइएका प्रतिनिधिले जिल्लास्तरमा नयाँ सदस्यता वितरण, अभिलेखीकरण तथा समन्वयको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। उनीहरूलाई सदस्यता प्रक्रिया समयमै सम्पन्न गराउने र संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने जिम्मेवारी दिइएको छ।

पार्टीले यसपटकको सदस्यता अभियानमा युवा पुस्ताको सहभागितालाई विशेष प्राथमिकतामा राखेको छ। विशेषगरी ३५ वर्षमुनिका युवाहरूलाई संगठनमा आकर्षित गर्दै उनीहरूको प्रतिनिधित्व बढाउने लक्ष्यसहित सदस्यता वितरण प्रक्रिया सञ्चालन गरिने बताइएको छ।

कांग्रेस नेतृत्वले नयाँ सदस्यता अभियानलाई संगठन विस्तार, नयाँ नेतृत्वको विकास तथा महाधिवेशनको तयारीलाई मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ। पार्टीका अनुसार केन्द्रबाट खटिएका प्रतिनिधिले जिल्लाका पार्टी संरचनासँग सहकार्य गर्दै सदस्यता वितरणलाई एकरूप र परिणाममुखी बनाउने कांग्रेस महामन्त्री प्रदिप पौडेलले जानकारी दिए ।

2 c.jpg
3c.jpg
4c.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट