चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। पहिलो चरणमा सभापति चयनको प्रक्रिया सम्पन्न भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको हो।
महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।
पुरुष सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन्।
यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुँदैछ।
महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिनिधिहरूले उत्साहका साथ मतदान गरिरहेका छन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र त्यसपछि पदाधिकारीहरूको अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस