२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, उत्कृष्ट १५ कृति छनोट

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’का लागि यस वर्ष १५ वटा साहित्यिक कृतिहरू छनोट भएका छन् । प्रतिष्ठानले वर्ष २०८२ मा प्रकाशित पुस्तकहरूमध्येबाट पहिलो चरणको विस्तारित सूची (लङलिस्ट) सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार पुरस्कारका लागि यस वर्ष कुल १९२ वटा साहित्यिक कृतिहरू प्राप्त भएका थिए। प्राप्त कृतिहरूमध्येबाट पुरस्कार समितिले गहन मूल्याङ्कन गरी पहिलो चरणमा १५ कृतिको विस्तारित सूची तयार पारेर प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।

छनोटमा परेका १५ कृतिहरू र तिनका लेखक :
१. अ–विधवा – गोविन्द गिरी प्रेरणा
२. कल्प – डा. नवराज लम्साल
३. जगज्जननी उसकी आमाको नाम होइन – नारायण ढकाल
४. तुलु राजा – चन्द्रप्रकाश बानियाँ
५. तोरकिन – क्षितिज समर्पण
६. दहाड – नवीन अभिलाषी
७. परिधी – उमा सुवेदी
८. पैकेलो – ओम रिजाल
९. भग्न प्रेमशाला – खगेन्द्र गिरी
१०. मध्यको उज्यालो – भूपिन
११. महायुग – सीमा आभास
१२. स्वस्पर्श – डा. नवराज केसी
१३. सलह – श्रवण मुकारुङ
१४. सूतपुत्र – शंकरप्रसाद गैरे
१५. हिउँद परेको छ – नदीश

प्रतिष्ठानले सार्वजनिक गरेको यस विस्तारित सूची (लङलिस्ट) मा परेका १५ कृतिहरूमध्येबाटै अब दोस्रो चरणको छनोट प्रक्रिया सुरु हुनेछ । जसअनुसार आगामी महिना उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ । सोही सर्टलिस्टमा परेका कृतिहरूमध्येबाट एक उत्कृष्ट पुस्तकलाई यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिनेछ ।

731760918_2508100139705559_7426916845918700488_n-1782695653 (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट