२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

प्रधानमन्त्रीलाई इप्पानले भन्याे : १६ हजार मेगावाटको पीपीए खोल, 'सनसेट ल' ल्याउ !

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । प्रधानमन्त्री  बालेन्द्र शाह 'बालेन' र  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिमुलक टाेलीबीच भेटघाट भएकाे छ ।  भेटमा बालेन समक्ष इप्पानले ऊर्जा क्षेत्रका विद्यमान समस्याहरू सम्बोधन गर्न प्रधानमन्त्री समक्ष ४७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको छलफलमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो

२६ वर्षअघि स्थापना भएको इप्पानमा हाल करिब ७०० ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध छन् नेपालको कुल ४,३०० मेगावाट विद्युत उत्पादन क्षमतामध्ये निजी क्षेत्रले मात्रै करिब ३,५०० मेगावाट (झन्डै ८१ प्रतिशत) योगदान पुर्‍याएको छ सरकारले घोषणा गरेको १० वर्षमा ३०,००० मेगावाट उत्पादन, ऊर्जा निर्यात र हरित अर्थतन्त्रको लक्ष्यप्रति निजी क्षेत्र प्रतिबद्ध रहे पनि नीतिगत अनिश्चितता र बहुनिकायीय झन्झटका कारण लगानी प्रभावित भएको इप्पानले जनाएको छ

प्रधानमन्त्री समक्ष नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएर रोकिएका १६,००० मेगावाट क्षमताका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरिएको छ । डलर विनिमय दर र उपकरणको मूल्यवृद्धिलाई आधार मानी वि.सं. २०६८ देखि स्थिर रहेको पीपीए दर पुनरावलोकन गर्न तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ड्राफ्ट तयार गर्न इप्पानले आग्रह गरेको छ साथै, प्राधिकरणले विद्युत नलिएमा लगानीकर्तालाई क्षतिपूर्ति दिने व्यवस्था र टेक ए०ड पे  पीपीए गर्ने प्रवृत्तिको अन्त्य गर्न माग गरेकाे छ

३०,००० मेगावाटको लक्ष्य हासिल नभएसम्म ऊर्जा पूर्वाधार विकासमा अवरोध गर्ने सबै कानुनहरू निलम्बन गरी 'सनसेट ल' लागू गर्न माग गरिएको छ वनको जग्गा प्राप्ति र रुख कटान प्रक्रिया १ वर्षभित्र सक्ने कानुनी प्रत्याभूति गर्न तथा भूमि ऐन संशोधन गरी जग्गा प्राप्ति सहज बनाउन भनिएको छ वातावरणतर्फ, २०० मेगावाटभन्दा कमका आयोजनाहरूलाई आईईई मात्र गरे हुने र ईआईए/आईईई स्वीकृतिको काम ३ देखि ५ महिनाभित्र सक्नुपर्ने माग छ

निजी क्षेत्रलाई पनि सार्वजनिक-निजी साझेदारी  मोडलमा प्रसारण लाइन निर्माण गर्न दिन र एउटै नदी करिडोरका आयोजनाका लागि साझा प्रसारण लाइन बनाउने व्यवस्था गर्न माग गरिएको छ छिमेकी मुलुकहरूसँग विद्युत व्यापारका लागि स्पष्ट निर्देशिका जारी गर्दै निजी क्षेत्रलाई पनि व्यापारको अनुमतिपत्र दिन आग्रह गरिएको छ

बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीको २० प्रतिशत ऊर्जा क्षेत्रमा पुर्‍याउने नीति ल्याउन र जलविद्युतका लागि विशेष ऊर्जा कोष स्थापना गर्न माग गरिएको छ २०८० जेठदेखि अवरुद्ध भएको आईपीओ/हकप्रद निष्कासन तथा २०८१ माघदेखि रोकिएको सेयर अभौतिकरण प्रक्रिया तत्काल सुचारु गर्न जोड दिइएको छ जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि कम्तीमा ५० वर्ष बनाउनुपर्ने माग पनि अघि सारिएको छ

'मेड इन नेपाल' उत्पादनलाई प्रतिस्पर्धी बनाउन उद्योगहरूलाई सस्तो दरमा बिजुली उपलब्ध गराउन र ग्याँस/डिजेलको सट्टा विद्युतीय खाना पकाउने प्रणाली तथा सवारी साधनको प्रयोग बढाउन ठोस कार्यक्रम ल्याउन भनिएको छ ग्रिड स्थायित्वका लागि ब्याट्री स्टोरेज र हरित हाइड्रोजनको पाइलट प्रोजेक्ट सञ्चालन गर्न समेत माग गरिएको छ

नेपाल विद्युत प्राधिकरणलाई खण्डीकरण गरी प्रतिस्पर्धात्मक ऊर्जा बजार खडा गर्न तथा राष्ट्रिय ऊर्जा विकास प्राधिकरण गठन गरी 'एक द्वार प्रणाली' लागू गर्न इप्पानले सरकारसँग आग्रह गरेको छ यसका साथै जलवायु परिवर्तन, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित आयोजनाहरूलाई राहतको व्यवस्था गर्न र आयोजनाको सुरक्षाका लागि गृह मन्त्रालयमार्फत छुट्टै सुरक्षा रणनीति बनाउन माग गरिएको छ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट