२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

असारमा बग्दै बजेट :  एकै दिन १७ अर्ब रुपैयाँसम्म भुक्तानी

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको असार मसान्त नजिकिएसँगै  एकै दिन १७ अर्ब रुपैयाँसम्म भुक्तानी गरेको छ। असार २४ मा एकै दिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ।

असार २३ गतेसम्म सरकारको बजेट खर्च कुल १५ खर्ब १४ अर्ब ८७ करोड ४९ लाख रहेकामा असार २४ मा १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ पुगेको छ। सरकारले असार २५ गतेभित्र भुक्तानी गर्न चेक काटिसक्नुपर्ने कानुनी व्यवस्था छ। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार असार २५ गते राती १२ बजेदेखि सरकारी प्रणालीमा बजेट निकासा बन्द हुनेछ। सोही कारण अहिले अन्तिम केही घन्टामा सरकारी प्रणालीमा भुक्तानीको अत्यधिक चाप छ। स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ।

असार २४ गते सरकारले गरेको कुल भुक्तानीमध्ये चालूतर्फ ८ अर्ब ६९ करोड २२ लाख, पुँजीगततर्फ ६ अर्ब ७४ करोड २१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ छ। असार सकिनै लाग्दा  सरकारको बजेट खर्च ७८ प्रतिशत पुगेको छ। यसमध्ये चालूतर्फ ८७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९०.१७ प्रतिशत पुगेको छ।

सरकारले चालू आर्थिक वर्षमा पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये असार २४ सम्म १ खर्ब ५६ अर्ब ४३ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट