२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै, यस्तो छ कार्यसूची

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा नयाँ विधेयकहरू दर्ता गर्ने, वार्षिक प्रतिवेदनहरू पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिहरू अनुमोदनका लागि अघि बढाउने सम्बन्धी विभिन्न कार्यसूची तय गरिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१र८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गर्नेछिन् ।

यसैगरी, प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई संसद्‌मा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । अनुमति प्राप्त भएलगत्तै उनले सो विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । छलफल सकिएपछि उनले उक्त प्रोटोकललाई बैठकबाट अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, मन्त्री यादवले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै ‘श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ ९नं. ८१०’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव र सो महासन्धिलाई बैठकबाट अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा पेस गर्ने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट