२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु: आजदेखि लागू भए यी १० ठूला आर्थिक परिवर्तन

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट, आर्थिक ऐन, नीति तथा कार्यक्रम तथा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कार्यान्वयनमा आएका छन् ।

यस वर्ष व्यक्तिगत आयकरमा उल्लेखनीय राहत दिँदै १ प्रतिशत कर लाग्ने वार्षिक आयको सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याइएको छ भने अधिकतम आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । सरकारी कर्मचारीको तलब पनि २१ प्रतिशतले बढेको छ ।

भन्सार दर ११ तहबाट ७ तहमा झारिएको छ भने २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ । ३६० वस्तुमा अन्तःशुल्क हटाइए पनि मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ र केही विलासी वस्तुमा कर बढाइएको छ ।

आजदेखि निजी विद्यालय र निजी स्वास्थ्य संस्थाको सेवामा ३/३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू भएको छ । ५० युनिटभन्दा बढी घरायसी विद्युत् खपतमा ५ प्रतिशत भ्याट, राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क, पाँचतारे होटल तथा आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क र सुनचाँदीका गहनामा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क पनि लागू भएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिअनुसार कर्जा विस्तार, बैंकिङ प्रणालीमा सहजता र आर्थिक गतिविधि बढाउने लक्ष्यसहित नयाँ व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट