२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

भौतिक र ई–सिम दुवैका लागि सेवा सुरु, आवेदनपछि ग्राहक स्वयं वा प्रतिनिधिमार्फत सिम लिन सकिने

शनिवार , श्रावण २, २०८३

काठमाडौं। नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड प्रतिस्थापन प्रक्रियालाई थप सहज बनाउँदै अनलाइनमार्फत आवेदन दिन सकिने सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार (साउन १) देखि यो सेवा औपचारिक रूपमा सुरु गरेको हो।

टेलिकमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब हराएको वा बिग्रिएको फिजिकल सिम तथा ई–सिमको सट्टा नयाँ सिम लिन सेवाग्राहीले esim.ntc.net.np मा गएर विकल्पमार्फत आवश्यक विवरण भर्न सक्नेछन्।

WhatsApp Image 2026-07-17 at 16.55.47.jpeg

अनलाइन फारम भरेपछि ग्राहक स्वयं सम्बन्धित ग्राहक सेवा केन्द्रमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत नयाँ सिम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सिम प्रतिस्थापनका लागि निर्धारित ५० रुपैयाँ शुल्क लाग्ने टेलिकमले जनाएको छ।

यदि ग्राहक स्वयं उपस्थित हुन नसक्ने अवस्था भए प्रतिनिधिको नाम फारममै उल्लेख गर्नुपर्नेछ। प्रतिनिधिले सिम लिन जाँदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। टेलिकमका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो।

नेपाल टेलिकमले यसअघि सञ्चालनमा रहेको पोर्टलमार्फत ई–सिम सम्बन्धी विभिन्न सेवासमेत उपलब्ध गराउँदै आएको छ।  उक्त पोर्टलबाट नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम लिन तथा ग्राहक विवरण ( गर्न सकिने सुविधा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट