२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

एमाले सासंदहरुलाई प्रशिक्षण दिदैँ : ओलीले सम्बाेधन गर्ने

आइतवार , श्रावण ३, २०८३

काठमाडौं  । नेकपा  एमाले  ले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी र परिणाममुखी बनाउन आज संसदीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्र्ने भएको छ । पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम हुने भएको हो।

कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका, जनप्रतिनिधिको जिम्मेवारी र प्रभावकारी संसदीय अभ्यासका विषयमा मार्गनिर्देशन दिने कार्यक्रम छ । यस्तै, महासचिव शंकर पोखरेलले पार्टीको नीति, संसदीय रणनीति तथा सांसदहरूको दायित्वबारे धारणा राख्नेछन्।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईसहित संसदीय अभ्यासका जानकारहरूले संसदीय प्रक्रिया, नियमावली, विधेयक छलफल, प्रश्नोत्तर, विशेष समय र संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ।

एमाले संसदीय विभागद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै एमाले सांसदहरूको सहभागिता रहनेछ। साथै, पार्टीका विभिन्न विभागका प्रमुख तथा पूर्वसदस्यहरूलाई पनि आमन्त्रण गरिएको छ।

एमालेले संसदमा आफ्ना सांसदहरूको प्रस्तुतिलाई अझ प्रभावकारी, व्यवस्थित र नीतिमुखी बनाउने उद्देश्यले यस्तो प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट