२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

अत्यधिक गर्मीका बीच वीरगन्जमा बत्ती गइरहने समस्या समाधान, प्राधिकरणले बनायो वैकल्पिक ओभरहेड लाइन

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ ।

अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगन्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिएका छन् ।

“अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको असुविधाप्रति हामी संवेदनशील छौँ । छपकैया क्षेत्रमा ३३ केभी भूमिगत केबलमा आएको प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको थियो”, उनले भने । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल परिचालन भई रात दिन खटिएर समस्या पहिचान तथा समाधान गर्न सफल भएका छन् ।”

प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले दीर्घकालीन रूपमा समस्या समाधानका लागि वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुईवटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको जनाएको छ । 

अत्यधिक गर्मीका कारण लाइन ट्रिप हुने तथा भोल्टेजमा समस्या आउँदा वीरगन्ज र आसपासको क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट