२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

कीर्तिपुरमा कारमा आगलागी : एक पुरुषको मृत्यु

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं / कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट (चोभार) क्षेत्रमा मंगलबार बिहान एउटा निजी कारमा एक्कासी आगलागी भएको छ। आगो नियन्त्रणमा आए पनि चालक गाडीभित्रै परेका छन् । जलेर कार भित्र भएको युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बा ५ च ३०३८ नम्बरको निजी कार बिहान करिब साढे ११ बजे गुडिरहेका बेला अचानक आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौका एसपी पवनकुमार भट्टराइ का अनुसार खाली ठाउँमा कार पार्किङ गरीएको ठाउँमा आगलागी भएको थियो ।

स्थानीय र प्रहरीको टोलीले आगो निभाएर भित्र रहेका युवालाई बचाउन खोजीएपनि नसकिएको उनले जानकारी दिए ।

घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको भए पनि गाडीको ढोका खोल्न नसकिएको र भित्र बाक्लो धुवाँ भरिएकाले उद्धारमा कठिनाइ भएको भट्टराइले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागी भएको गाडी विद्युतीय (ईभी) नभई इन्धनबाट चल्ने निजी कार हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट