काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
यही अवधिमा १ हजार ३७१ संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ११ हजार ८७ जनाको मृत्यु भएको छ ।
हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।