logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

    6.9K
    Shares

    काठमाडों । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।

    तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई रु १०,१० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

    जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गरे ।

    कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।

    यसैगरी समारोहमा हाम्रो पहल, उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि शीर्षकअन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्टहरूलाई समेत पुरस्कार वितरण गरिएको छ ।

    दश विद्यालयका २० सहभागी प्रतियोगितामा चन्द्रोदय माविका रेजिना लोहनी प्रथम, नीलकण्ठ माविका कोइशन भण्डारी द्वितीय, बालमन्दिर माविका सुमन गुरुङ, तृतीय र धादिङ बोर्डिङ सेकेण्डरी स्कुलका आदर्श सुवेदी सान्त्वना भए । पुरस्कृतलाई क्रमशः रु दुई हजार, एक हजार ५००, एक हजार र ८०० पुरस्कार प्रदान गरिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend