logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिमा थप पाँच जनामा कोरोना सङ्क्रमण, हालसम्म ५१४ जनाको मृत्यु 

    सुदूरपश्चिमा थप पाँच जनामा कोरोना सङ्क्रमण, हालसम्म ५१४ जनाको मृत्यु 

    2.3K
    Shares

    बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिलो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५५९ जनाको नमूना परीक्षण गरिएको थियो । 

    स्वास्थ्य निर्देशनालयका अनुसार पिसीआर विधिमार्फत चार तथा एन्टिजेन विधिमार्फत एक जनामा कोरोना पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टिजेनमार्फत बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

    पछिल्लो २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन । सोमबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ५१४ जनाको ज्यान गइसकेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend