logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रतिगामी कदमविरुद्ध आवाज उठाउने ११ जना नेताको अहिले विजोग छ: अध्यक्ष नेपाल 

    प्रतिगामी कदमविरुद्ध आवाज उठाउने ११ जना नेताको अहिले विजोग छ: अध्यक्ष नेपाल 

    7.3K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा नआएका नेताहरूको अहिले नेकपा एमालेमा विजोग भइरहेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको काठमाडौं–दोलखा सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले बोल्नै नपाइने गरेको जिकिर गरे । “मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ । बोली हाल्यो भने कारबाहीको सिकार हुनुपर्ने डर छ,” नेपालले भने, “चुप लाग्नुस् भनेपछि चुप लाग्यो, निस्किनुस् भन्यो भने निस्कियो । कोही बोल्न खोज्यो कि स्याल हुँइया, साइबर स्यालले कराउथे ।”

    एमाले अध्यक्ष ओलीको प्रतिगामी कदमविरुद्ध आवाज उठाउने ११ जना नेताको अहिले विजोग भइरहेको नेपालको भनाइ थियो । “दश भाइको कस्तो विजोग छ । दश भाइसँगै एउटा दिदी पनि हुनुहुन्छ,” नेपालले थपे, “एमालेमा सबैको विजोग छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend