logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कुलमान घिसिङको नाममा ट्वीटरमा नक्कली अकाउन्ट, नझुक्किन आग्रह

    कुलमान घिसिङको नाममा ट्वीटरमा नक्कली अकाउन्ट, नझुक्किन आग्रह

    9.7K
    Shares

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा ट्वीटरमा नक्कली अकाउन्ट बनाई स्थानीय निर्वाचनको विषयमा गलत सूचना सम्प्रेषण भइरहेको पाइएको छ । एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नामबाट नक्कली ट्वीटर ह्यान्डल बनाई गलत सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    ‘मेरो आधिकारिक ह्यान्डल @KMGhising  रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend