logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • गंगा चौधरीको प्रश्न : सरकार किसानले मल कहिले पाउँछन् ?

    गंगा चौधरीको प्रश्न : सरकार किसानले मल कहिले पाउँछन् ?

    10.3K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा सदस्य गंगा चौधरीले सरकारलाई मल कहिले आउँछ ? भनि प्रश्न गरेकी छन् ।

    प्रतिनिधी सभा बैठकमा रासायनिक मलका विषयमा भएको छलफलमा बोल्दै सांसद चौधरीले पढ्ने बेलामा नेपाल कृषि प्रधान देश भनेर पढेपनि अहिलेको सरकारले किसानको पिरमर्कामा ध्यान नदिएको भन्दै सरकार मल कहिले आउछ ? भनि प्रश्न गरेकी हुन् ।

    उनले नेपालमा ४ लाख मेट्रिक टल आवश्यक रहेपनि सिमीत मात्रामा मात्रै सरकारसँग मल रहेको बताईन् ।
    ‘नेपाली कृषकलाई ४ लाख मेट्रिक टन मल आवश्यक छ ।’ उनले भनिन् ‘तर सात हजार मात्रै सरकारसँग स्टक छ त्यो पनि चाईना बोर्डरमा ।’

    उनले सिमा क्षेत्र जिल्लाका किसानले नेपालमा मल नपाएर छिमेकी देश भारतबाट मल किनेर आफ्नो बालीमा राख्न रोज्दा लाठ्ठी चार्ज गर्ने तर विजनेस गर्नेलाई कुनै अवरोध नगर्ने गरेको उनले बताईन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend