logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बमजनको घरबाट तीन करोड बढी रकम बरामद

    बमजनको घरबाट तीन करोड बढी रकम बरामद

    3.2K
    Shares
    बमजनको घरबाट तीन करोड बढी रकम बरामद

    काठमाडौँ । मंगलबार साझ पक्राउ परेका रामबहादुर बमजनको घरबाट प्रहरीले तीन करोड बढी नेपाली रुपैयाँ बरामद गरेको छ ।

    बमजनको घरमा छापामार्दा नेपाली रुपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख किरण ब्रजाचार्यले जानकारी दिइन । उनका अनुसार बमजनको घरबाट बरामद नेपाली रुपैयाँ तीन करोड बढी रहेका र सबै  हजारको गड्डीहरु भेटिएको छ ।

    अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलर लगायत अरु पनि करेन्सी रहेका छन् । यसैगरी बमजनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको सिआइबीले जनाएको छ ।

    बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरुमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका सिआइबी प्रमुख ब्रजाचार्यले बताउनुभयो ।

    सिआइबीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend