logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

    भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

    559
    Shares
    भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

    काठमाडौँ । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३\० ले पराजित गर्‍यो । आर्मीले कर्णालीमाथि २५(१६,२५\२३ र २५\७ को जित निकाल्यो । जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अंक जोडेको छ । हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

    पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३(१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो । नेपाल भलिबल संघको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख, उपविजेताले रु दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend