logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • चीनकाे सिचुवानमा शक्तिशाली भूकम्प, तीन जनाकाे मृत्यु

    चीनकाे सिचुवानमा शक्तिशाली भूकम्प, तीन जनाकाे मृत्यु

    3.3K
    Shares

    एजेन्सी । चीनको सुचुवान प्रान्तमा भूकम्प जाँदा तीन जनाको मृत्यु भएको छ । चिनियाँ अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार बिहीबार बिहान ६ म्यागनिच्युडकाे भूकम्प गएकाे हाे ।

    भूकम्पका कारण लुसियानमा दर्जनौँ घर भत्किएकाे बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा संचार सेवा समेत अवरुद्ध भएको छ ।

    भूकम्पमा करिब ६० जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएकाे छ ।

    भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend