logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिका विरुद्धको खेलमा गुलशन झाको डेब्यु 

    अमेरिका विरुद्धको खेलमा गुलशन झाको डेब्यु 

    8.6K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा बलर गुलशन झाले डेब्यु गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा अमेरिकाविरुद्धको खेलमा गुलशनले डेब्यु गरेका हुन् । 

    पहिलो पटक राष्ट्रिय टिममा परेका गुलशनले अमेरिकाविरुद्ध खेल्ने मौका पाएका हुन् । उनलाई विक्रम शोबको स्थानमा प्लेइङ इलाभेनमा समावेश गरिएको हो । 

    नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले मेयर्स कप एकदिवसीय क्रिकेटबाट चर्चा पाएका हुन् । बन्द प्रशिक्षणमा सहभागी भएपछि उनले यो मौका पाएका हुन् । अहिले नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्दैछ । 

    तेस्रो ओभरको समाप्तीमा नेपालले एक विकेटको क्षतिमा १२ रन जोडेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend