बिहिबार, फाल्गुन २९ २०८१

बिहिबार, फाल्गुन २९ २०८१

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौँ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।

मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।

एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ ।

तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend