शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

सन्दर्भ महिला दिवस : सामजिक राजनीतिक परिवर्तनमा महिलाको भूमिका (विचार)

सन्दर्भ महिला दिवस : सामजिक राजनीतिक परिवर्तनमा महिलाको भूमिका (विचार)

महिला सहनशील, संघर्षशील, श्रृजनशील, उद्यमि, धैर्यवान, कल्पनाशील, ममताकी खानी, शान्तिकी स्रोत भएकी धर्ती माताकी छोरी हुन् । महिला जगत यस धर्तीका सृष्टीकर्ता हुन । जुनसुकै प्राणीलाई हेरे पनि स्त्रीलिंगी प्राणीको शक्ति र सहन क्षमता पुरुषसँग तुलना गर्न सकिँदैन । हरेक जीवमा हेर्दा पुरुष वर्ग मनोरञ्जनको लागि उपभोक्ताको रुपमा ज्यादा पाइन्छ । स्त्री वर्ग उपभोग्यको जस्तो देखिने कुरा कसैले नकार्न मिल्दैन । वर्गीय रुपमा हेर्दा पुरुष र महिला जुनसुकै मुलुक, भूगोल, क्षेत्र, समुदायमा भए पनि मर्म र ब्यथा उही हो । फरक यति हो की कहाँ कुन समुदायमा चेतना, शिक्षाले कति छिटो पहुँच बढाएको छ ? असल शिक्षा र वैज्ञानिक चेतनाको पहुँचमा भएका भूगोल, क्षेत्र, समुदायमा पनि छिटो वर्गीय विभेद अन्त्य गर्न सकिएको पढ्न सुन्न पाइन्छ । समाजमा व्याप्त अन्ध परम्परा कुरीति, कुसंस्कार, अन्धविश्वास छुवाछुत र धनी, गरिब बीचको विभेदको अन्त्य गर्ने बलियो हतियार नै शिक्षा र सचेतना हो । जुन मुलुकमा शिक्षाको ढोका पहिला खुल्यो त्यहाँका जनता सचेत र शिक्षित हुनु स्वभाविक हो ।

नेपाली महिलाहरु पनि सामाजिक विभेद, उत्पीडन, घरेलु हिंसा, अभाव, अन्याय, अत्याचार, कुरीति, कुसंस्कार, अन्धविश्वासजस्ता कुराहरुमा जाँतोमा चारो पिसिए सरह पिल्सिदै महिलामुक्ति आन्दोलनको बलमा यहाँसम्म आइपुगेको हो । वर्तमान अवस्थासम्म आइपुग्दा थुप्रैै अग्रज गुमाइसकेका छौ । उहाँहरुको त्यो साहसिक र चुनौतीपूर्ण कदम आजको पिडीले बुझ्न सकेको छैन । इतिहास पल्टाएर हेर्ने, पढ्ने, अग्रजका कुरा सुन्ने फुर्सद, धैर्यता र इच्क्षा शक्ति गुमाउन थाली सकिएको छ । सामाजिक सञ्जालमा भाइरल भएपछि ठुलो मान्छे हुने बुझाइले जरा गाडी सक्न थालेको भान हुँदैछ ।

सन्दर्भ मार्च ८ को पृष्ठभूमि । अमेरिकाको सिकागो शहरका कपडा धागो कारखानाका श्रमिकहरुले आफूहरु १८ घण्टा उद्योग मालिकको श्रमशोषणमा पर्दै आएकाले ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन र समान कामको समान ज्यालाको माग सहितको आन्दोलन सफल बनाउन संयुक्त राष्द्रसंघको महासभामा प्रस्ताब पेश गर्ने क्वालारा जेटकिनदेखि लिएर थुप्रै अग्रजको रगत पसिना र लगानीले सिन्चित आन्दोलन र लिखित दस्ताबेजको आधारमा विश्वमा आएको महिलामुिक्त आन्दोलनको उभार र १९७४ देखि नै योगमाया न्यौपानेको नेतृत्वमा असंगठित, संगठित आवाज आउन थालेका थिए । पटक पटक राणाकालिन सरकार सामु अनुरोध, बिन्ती पत्र दिए पनि सुनुव भएन । कुनै सुनुवाइ नभएपछि योगमाया न्यौपाने, दिब्या कोइराला, पूर्णकुमारी लगायतको संगठन पनि बन्यो । समाज सुधारको संकेत त के त्यो तानाशाही जहानीया शाशकले झन झन दमनको बाटो अपनाउँदै गयो । त्यसपछि यो अन्यायी शासकको अधिनमा पिल्सिनभन्दा जीवन आहुती दिनु बेशभन्दै योगमायाको नेतृत्वमा १९९८ असार ३१ बिहानै घामको झुल्कासँगै अन्यायी सरकारको देशमा नबस्ने गरी ६८ जनाले अरुण नदीमा जलसमाधी लिएका थिए ।

नेपालको सन्दर्भमा भन्नुपर्दा १०४ वर्षे जहानीया राणा शासन कालमा जनतामा शिक्षाको पहुँच थिएन । दरबारीयाहरु विदेशबाट शिक्षक ल्याएर दरवारभित्रै र विदेश गएर पढ्थे । जनताको पहुँचमा शिक्षालय र शिक्षा थिएन । जनताका छोराछोरीले पढ्न पाए भने आफ्नो शासनमाथि विरोध हुने बुझी शिक्षाबाट बञ्चित गरिएको थियो । शिक्षासँग राजनीतिक अधिकार दिनुपर्छ भनेर जनतालाई रैतीको रुपमा प्रयोग गर्दथे । जनता नै रैती भएको देशमा महिला वर्गको हालत के थियो होला ? कल्पना गर्नु त । महिलाहरु चार दिवालभित्र सिमित थिए । धनाढ्य घरानाका महिलाहरु चिटिक्क सिंगारिएर पुरुषको ईच्छा बमोजिम चल्नुपर्ने, गरिब वर्गका महिला आफ्ना बालबच्चाको भोको पेट र नांगोे शरीर कसरी ढाक्ने भन्ने चिन्तामा हुन्थे । घरको पुरुष साँहुको ब्याजमा डुबेको पीडा भोग्दै स्त्रीप्रति वा परिवारको भूमिका पनि निभाउनु पथ्र्यो । नेपालमा महिला वर्गलाई हेर्ने दृष्टिकोण नै फरक थियो । मनोरञ्जनको साधन, सन्तान उत्पादनकी मेसिन, घरधन्दाकी ठेकेदार जस्तै मानिन्थ्यो । समाजमा महिलाहरु सामाजिक काममा संलग्न हुने मौका र अधिकार नै थिएन ।

नेपालको सन्दर्भमा भन्नुपर्दा १०४ वर्षे जहानीया राणा शासन कालमा जनतामा शिक्षाको पहुँच थिएन । दरबारीयाहरु विदेशबाट शिक्षक ल्याएर दरवारभित्रै र विदेश गएर पढ्थे । जनताको पहुँचमा शिक्षालय र शिक्षा थिएन । जनताका छोराछोरीले पढ्न पाए भने आफ्नो शासनमाथि विरोध हुने बुझी शिक्षाबाट बञ्चित गरिएको थियो । शिक्षासँग राजनीतिक अधिकार दिनुपर्छ भनेर जनतालाई रैतीको रुपमा प्रयोग गर्दथे । जनता नै रैती भएको देशमा महिला वर्गको हालत के थियो होला ? कल्पना गर्नु त । महिलाहरु चार दिवालभित्र सिमित थिए । धनाढ्य घरानाका महिलाहरु चिटिक्क सिंगारिएर पुरुषको ईच्छा बमोजिम चल्नुपर्ने, गरिब वर्गका महिला आफ्ना बालबच्चाको भोको पेट र नांगोे शरीर कसरी ढाक्ने भन्ने चिन्तामा हुन्थे । घरको पुरुष साँहुको ब्याजमा डुबेको पीडा भोग्दै स्त्रीप्रति वा परिवारको भूमिका पनि निभाउनु पथ्र्यो । नेपालमा महिला वर्गलाई हेर्ने दृष्टिकोण नै फरक थियो । मनोरञ्जनको साधन, सन्तान उत्पादनकी मेसिन, घरधन्दाकी ठेकेदार जस्तै मानिन्थ्यो । समाजमा महिलाहरु सामाजिक काममा संलग्न हुने मौका र अधिकार नै थिएन । यस्तो दर्दनाक सामाजिक विभेद सहन नसकी जब केही सचेत हुदै योगमायाले धार्मिक, सामाजिक अभियान चलाउदै सरकारसँंग पुरुषको भेष गरी माग प्रस्तुत गर्न थाल्नुभयो तब झन महिला माथिको अन्याय, अत्याचार, विभेद र समाज सुधारको आन्दोलन अघि बढ्दै गयो ।

तर तत्कालिन सरकारले मागको सम्बोधन गर्नुको साटो दमनको बाटो गएकोले योगमायाको नेतृत्वमा ६८ जनाले अरुण नदीमा जल समाधि लिनु नेपालकै इतिहासमा ठुलो आन्दोलनको रुप हो । त्यसपछि नेपाली महिलाहरुमा भित्रभित्रै बिद्रोहको आगो त बल्यो तर तत्कालिन राज्य सत्ताको दमनको अगाडि कस्को के लाग्ने ? भित्रभित्रै चेतनाको आगो सल्किदै गयो । शिक्षित र सचेत समूह बाहिर धार्मिक र सांस्कृतिक बाटोबाट आफ्नो आन्दोलन अगाडि बढाउदै थिए । संगठित रुप लिन नसकेको देशका विभिन्न ठाउँबाट आन्दोलन उठ्न थाल्यो । महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगार आदि माग राख्दै २००३ सालमा रेवन्तकुमारी आचार्यको नेतृत्वमा आर्य महिला समाज, २००४ मा मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला संघ गठन भयो ।

राणाशासन विरुद्धमा भित्रभित्रै भुसको आगो सल्किए जस्तै चेतनाको राको सल्किदै विभिन्न दलहरु गठन हुन थाले । खासगरी त्रिपक्षीय दिल्ली सम्झौतापछि नेपाली जनताको हित विपरित संझौता भएकोले नेपली महिलाहरु एकथरी राष्ट्रियताको पक्षमा नभएको भन्दै बिरोधमा र अर्को थरी स्वागतमा लागे । यसरी महिला मुक्ति आन्दोलन दुई धारमा विभक्त हुन पुग्यो । आन्दोलनले गति लिन सकेन । २००७ साल फाल्गुन १४ गते दरबारिया महिलाहरुको संगठन बन्यो । देशव्यापी रुपमा संगठन बन्न नसके पनि, जुनसुकै बाटोबाट भए पनि महिला आन्दोलनले अनेकौ घुम्ती पार गर्दै अगाडि बढे । समाजमा रहेका अनेकौ प्रकारका विभेद विरुद्ध स्वतन्त्रता र समानताका आवाज बुलन्द गर्दै जाँदा पेचिलो र बोझिलो समाजले नै बनाइदिएको इतिहास छ । भद्र अबज्ञा आन्दोलन २०१५ को आमनिर्वाचनमा पनि महिलाको सक्रियता रह्यो । २०१७ सालपछि सबै दल प्रतिबन्धित भए । महिला मुक्ति आन्दोलन पनि तहस नहस हुन पुग्यो । कोही सत्ता पक्षको पक्षपोषण र गुणगान गाएर आफ्नो अस्तित्व जोगाउन थाले । शोशितपीडितका पक्षधरहरु महिलामुक्ति आन्दोलनको महायात्रा भूमिगत रुपमै गोलबन्द हुदै गए । भविष्यको सुनौलो सपना देखेर थुप्रै अप्ठ्याराहरुसँग जुध्दै आन्दोलनमा महिलाहरु लागिरहे । यसै क्रममा कोही चिसो जेलमा सडे, कोही ज्यान गुमाए । कोही अंगभंग भए, कोही अभिभावक गुमाए । तर पनि भावी सन्ततिको उज्यालो भविष्यको निम्ति क्रान्तिको बाटो छोडेनन् । नेपालको राजनीतिक आन्दोलन सफल पार्न पनि नेपाली महिलाहरुको अतुलनीय योगदान रहेको छ । आफ्ना श्रीमान्, छोरा, भतिजलाई सहयोग गरेर होस की आफै आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएर यो देशको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरुको ठुलो योगदान रहेको छ ।

भद्र अबज्ञा आन्दोलन २०१५ को आमनिर्वाचनमा पनि महिलाको सक्रियता रह्यो । २०१७ सालपछि सबै दल प्रतिबन्धित भए । महिला मुक्ति आन्दोलन पनि तहस नहस हुन पुग्यो । कोही सत्ता पक्षको पक्षपोषण र गुणगान गाएर आफ्नो अस्तित्व जोगाउन थाले । शोशितपीडितका पक्षधरहरु महिलामुक्ति आन्दोलनको महायात्रा भूमिगत रुपमै गोलबन्द हुदै गए । भविष्यको सुनौलो सपना देखेर थुप्रै अप्ठ्याराहरुसँग जुध्दै आन्दोलनमा महिलाहरु लागिरहे । यसै क्रममा कोही चिसो जेलमा सडे, कोही ज्यान गुमाए । कोही अंगभंग भए, कोही अभिभावक गुमाए । तर पनि भावी सन्ततिको उज्यालो भविष्यको निम्ति क्रान्तिको बाटो छोडेनन् । नेपालको राजनीतिक आन्दोलन सफल पार्न पनि नेपाली महिलाहरुको अतुलनीय योगदान रहेको छ ।

राणा शासन, पञ्ंचायति शासन विरुद्धको आन्दोलन, जनआन्दोलन २०४६, २०६२/२०६३ को आन्दोलनमा पनि महिलाहरुको भूमिकाले सफलता प्राप्त गरेको भन्न कोही हिचकिचाउनु पर्दैन । यो उपलब्धी कसैले दया, माया, क्रिपा गरेर आफ्नो भाग काटेर दिएको होइन । महिलामुक्ति आन्दोलनका अग्रजको निरन्तर अथक संघर्षबाट प्राप्त गरेको हो । एउटा नागरिकले पाउने अधिकार हो । महिलालाई सधै दोस्रो दर्जाको नागरिक बनाइ रहेको सामन्ति सोंच र सत्ताबाट बाध्य भएर अन्तरिम संविधान २०६३ र संविधान सभाबाट निर्मित संविधान २०७२ मा तत्कालिन महिला नेतृत्वले सदनमा संकल्प प्रस्ताप र सडकबाट दबाब मार्फत प्राप्त उपलब्धी हो । तत्कालिन अवस्थामा कोही नेतृत्व सदनमा थियो भने हामी महिला मुक्तिआन्दोलन र समाज परिवर्तनका अभियान्ता धेरै सडकमा आन्दोति थियौं । कोही बोलेर, कोही लेखेर, कोही साहित्यको माध्यमबाट त कोही समर्थन र निर्णय प्रक्रियामा सहभागी भएर ल्याएको उपलब्धी हो । यो उपलब्धीमा केबल महिलाको मात्र योगदान पनि होइन । समाजलाई अन्याय ,अत्याचार, अन्धविश्वास, वर्गीय र लैंगिक विभेदबाट मुक्ति दिलाउनु पर्दछ भनी समाज परिवर्तन र शिक्षा, स्वास्थ्य चेतानाको दीयो बाल्ने दाजुभाइको पनि प्रेरणा, सहयोग र समर्थनको ठुलो योगदान छ । हिंसामूक्त, सभ्य, मर्यादित र समृद्ध समाज निमार्ण गर्न एक हातले ताली बज्दैन । चाहे घरपरिवार, समाज वा राष्ट्र नै किन नहोस सफल हुन छ भने ताली बजाउन दुबै हात आवश्यक भएजस्तै महिला पुरुषको सहकार्य बिना सम्भव छैन । यो कुरा दार्शनिकहरुका विचारहरुबाट नै पुष्टी भएको छ ।

महिलाहरुको अथक प्रयास र प्रयत्नबाट कम्तिमा ३३% महिलाहरु सहभागिता लेखाउन सफल त भइयो । संविधान र कानुनमा लेखिएको बाहेक उपयोग गर्न अझै पनि पाइएको छैन । संविधानले त पुरुषलाई ६६% र महिलालाई कम्तिमा ३३% तर १००% प्रयोग गर्न पनि छेकेको छैन । तर व्यबहारमा अझै पनि दया गरी दिइएको जस्तो नै गरिन्छ । संबिधानमा लेखिएकोले राजनीतिमा ३३% पुर्याउनै पर्ने छ । स्थानिय निर्वाचनमा ४०% र माथि ३३% अनिवार्य गरिएको छ । संघसंस्था, उपभोक्ता समितिमा पनि महिला प्रतिनिधित्व कागजमा खोज्न थालिएको छ । तर सबै ठाउँमा महिला उपस्थिति र सहभागितामा सिमित छ । अर्थपूर्ण हुन बाँकि छ ।

२०७२ को संविधानका आधारमा हाम्रो नेपालमा राज्यको उपल्लो तह राष्ट्रपति, न्यायलयमा प्रधानन्यायधिस, संसदमा सभामुख, कर्मचारीमा मुख्य सचिव र सामाजिक संघसंस्थाको नेतृत्वमा बडा सकसले सफल भएको छ ।.महिलाहरु नेतृत्वमा पुगेको सुनौलो अवसर पनि प्राप्त भएको छ । यो महिला मुक्ति आन्दोलनको महत्वपूर्ण उपलब्धिको रुपमा मानिन्छ तर अझै पनि जति सक्षम, क्षमतावान र क्रियाशीलता भए पनि सहज स्वीकारोक्ती पाइदैन । पुरुष हुदैमा क्षमतावान र महिला भए क्षमतामा प्रश्न उठाउने, गल्ती खोज्दै हिड्ने, सल्लाह, सुझाव, प्रेरणाभन्दा आलोचना गर्न नै सक्रिय रहने प्रवृत्ति देखिन्छ ।

महिलाहरुमा शिक्षामा आमूल परिवर्तन भएको छ । पहिले छोरीलाई पढाउनु राम्रो केटासँंग विवाह गर्ने लाइसेन्स मानिन्थ्यो । आजभोलि महिलाहरु आफ्नो खुट्टामा निर्धक्क उभिन थालेका छन् । राज्यका हरेक क्षेत्रमा महिलाहरुले सफलता पूर्वक नेतृत्व वा जिम्मेवारी पूरा गरेका छन् । महिलाहरुले नेतृत्व गरेको क्षेत्र पारदर्शी र स्वच्छ रहेको पनि विभिन्न तथ्यांकले बताएको छ । तर पनि अझै मनैदेखि महिलाको नेतृत्व स्विकार गर्न सबैले सकेको अनुभूति हुँदैन । बोली, बचन, भाषण र व्यवहार फरक परेको छ । लामो समयदेखि छाप बसेको पुरुषवादी सोचपरिवर्तन हुन सकेको छैन । जबरजस्त रुपमा बिधान, संविधानमा लेखिए बाहेक १% बढाउन पनि पुरुषवादी चिन्तनले दिएको पाइएको छैन ।

अबको महिला मुक्ति आन्दोलनको दिशा प्राप्त अधिकारको उपयोग, संरक्षण र प्रभावकारी कार्यान्वयन र सहभागितालाई अर्थपूर्ण उपस्थितिमा परिणत गर्ने तहको हुनुपर्दछ । अहिले हरेक क्षेत्रमा ३३% र ६६% भन्दै गणपूरक संख्यात्मक रुपमा हेरिन्छ भने अब महिलाको उपस्थिति निर्णायक, गुणात्मक र अर्थपूर्ण बनाउनु आजको महिला मुक्ति आन्दोलनका अभियन्ताको चुनौतीको रुपमा लिएर प्रभावकारी भूमिका निर्वाह गर्न सम्पूर्ण परिवर्तनकर्मीहरु एकताबद्ध हुनु पर्दछ । अब म जन्मे हुर्केको र कर्मक्षेत्र बनाएको भूुगोलको महिला आन्दोलनको आयामलाई पनि नियाल्न चाहन्छु । म गुल्मी जिल्लाको सदरमुकाम तम्धासभन्दा धेरै टाढा आँपचौर गा.बि.स मा जन्मेर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलाई कर्म घर बनाउदै गर्दा त्यो क्षेत्रमा कसरी महिला अधिकारकर्र्मीहरु अगाडि बढियो भन्ने प्रश्नको उत्तर म जाने बुझेसम्म जानकारी गराउनु मेरो कलमको दायित्वभित्र पर्दछ जस्तो लाग्दछ ।

अबको महिला मुक्ति आन्दोलनको दिशा प्राप्त अधिकारको उपयोग, संरक्षण र प्रभावकारी कार्यान्वयन र सहभागितालाई अर्थपूर्ण उपस्थितिमा परिणत गर्ने तहको हुनुपर्दछ । अहिले हरेक क्षेत्रमा ३३% र ६६% भन्दै गणपूरक संख्यात्मक रुपमा हेरिन्छ भने अब महिलाको उपस्थिति निर्णायक, गुणात्मक र अर्थपूर्ण बनाउनु आजको महिला मुक्ति आन्दोलनका अभियन्ताको चुनौतीको रुपमा लिएर प्रभावकारी भूमिका निर्वाह गर्न सम्पूर्ण परिवर्तनकर्मीहरु एकताबद्ध हुनु पर्दछ ।

नेपालमा महिला मुक्ति आन्दोलनले गति लिंदै जाँदा तत्कालिन गुल्मी, अर्घाखाँची तथा सम्पूर्ण लुम्बिनी अञ्चलमा पनि महिलाहरु संगठित हुँदै गए । भूुमिगत रुपमा थुप्रै आमा, दिदी, भाउजुहरुले आन्दोलनलाई सघाउनु भयो । प्रार्टी प्रतिबन्धित हुँदा महिलाहरुले तीजका गीतका माध्यमबाट सामन्ति सत्ताविरुद्ध जनतालाई सचेत बनाउन थाले । २०४६ को आन्दोलनमा अभियान कै रुपमा गाउँ गाउँमा बस्ती बस्ती मा तीज गीतको आयोजना गर्दै आफ्नो संगठनको प्रभाव विस्तार गर्दै गयौं ।। यसको ज्वलन्त उदाहरण हो अर्घाखाँचीको चर्चित ४८ सालको वाङ्ला काण्ड । अर्घाखाँचीमा पबित्रा पौडेल, मनशोभा भुसालको नेतृत्वमा सयौ महिलाहरु आन्दोलित भयौँ ।

२०६२/२०६३ को आन्दोलन सफल पार्न महिलाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । प्रशासनको निषेधाज्ञा तोडेर झन्डा गाड्न महिला नेतृत्व कै अगुवाइमा हामी सबै महिलाहरु आन्दोलित थियौं । अग्रपंकतिमा रहनु भएका दाजुभाइ र पुरुष नेतृत्वलाई खतराबाट जोगाउन महिला नेतृत्वको अहम् भूमिका रहन्थ्यो । कुनै पनि आन्दोलन वा क्रान्ति सफल पार्न महिलाहरुको भूमिकामा भर पर्ने कुरा दार्शनिकहरुले पनि स्वीकार गरेका छन् । त्यसैको जगमा टेकेर अन्तरिम संबिधान र २०७२ को नेपालको संविधानमा महिलाको कम्तिमा ३३% बनाउन पनि आन्दोलनका नेतृत्वलाई ठुलै संघर्ष गर्नु परेको थियो । तत्कालिन महिला नेतृत्व विधादेवी भण्डारी प्रस्ताबक, कमला पन्तको समर्थनमा संसदमा पेश गरिएको संकल्प नै बलियो जग बन्यो । संबिधानमा लेख्न बाध्य बनाइएको हो । त्यही प्रावधानमा टेकेर राज्यका हरेक निकायमा महिलाको ३३% सहभागिता अनिबार्य गरिएको छ । स्थानीय तहमा झन्डै ४०% पनि पुग्छ तर समाजको साेंच अझैपनि पुरुषबादी र सामन्ति चिन्तन हराउन सकेको छैन । बंशाणुगत सरेको चिन्तन मेटाउन गार्हो नै पर्दो रहेछ । यो चिन्तन पुरुषमा मात्र हैन महिलामा पनि मेटिएको छैन भने कतिपय पुरुषहरुमा आएको क्रान्तिकारी विचार र सहयोगले नै अहिलेको उपलब्धि प्राप्त भएको हो ।

एक हातले कहिले ताली बज्दैन । शिक्षा र चेतनाको उज्यालो प्रकाश मष्तिष्कमा पुगेका बैज्ञानिक विचारले ओतप्रोत दाजुभाइ दिदी बहिनीको हातेमालोबाट मात्र सामाजिक परिवर्तन सम्भब छ । राजनीतिक परिवर्तन तथा व्यबस्था परिवर्तनको आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेकोले अब सामाजिक आर्थिक, सांकृतिक परिवर्तनमा पनि हातेमालो गरेर हिंसामुक्त, सभ्य समाजको निर्माण गर्दै, नेपालीहरुको अबस्था परिवर्तन गर्न एकजुट भएर लाग्नु पर्ने छ । विगतका कहाली लाग्दा संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि र अवसरलाई संरक्षण र उपभोग गर्दै थप उपलब्धिको लागि महिलाहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । आजका महिला नेतृत्वहरुबीच अवसर मात्र हैन चुनौति पनि छन् भन्ने कुरामा सजग हुनु पर्दछ । केही व्यक्ति उच्च पदमा पुग्दैमा ३३% महिला संसदमा जाँदैमा, स्थानिय तहमा केही हजार महिला पुग्दैमा महिला मुक्ति आन्दोलनको औचित्य समाप्त भएको मानिदैन । जबसम्म श्रमजीबि वर्गको नीतिनिर्माण तहमा पहुँच पुग्दैन सामाजिक आर्थिक र सांस्कृतिक रुपले जनताको चिन्तन र अवस्था परिबर्तन हुदैन । राजनीतिक परिवर्तनले मात्र केही व्यक्ति, समूह र वर्ग विशेषको हित हुन जान्छ ।

समाजमा रहेका सबै वर्ग, लिंग, समुदायको हित स्थापित हुन त राज्य बलियो हुन जरुरी हुन्छ । व्यक्ति वास्तवमा दिनमा दुईगुना र रातमा चौगुना धनी बन्दैजाने, राज्य विदेशी ऋणमा डुब्दैजाने, धनीले धन थुपार्ने र गरिबले ऋण बोक्दै जाने अवस्थाले देश र जनताको हित कदापि हुन सक्दैन । वर्गीय मुक्ति बिना महिला मुक्ति पनि संभव छैन । त्यसैले सचेत नेपाली आफ्नो राष्ट्रको राष्ट्रिय हित राष्ट्रिय स्वाधिनतामा चनाखो हुँदै वर्गीय आन्दोलनमा संगठित हुन जरुरी देखिन्छ । आज संबिधानले दिएको अधिकार प्रयोग गर्न मात्रमा ध्यान जान थालेको छ । संविधान, कानुन, अनुशासन र कर्तव्य पालन गर्ने कुरामा चुक्न थालेका छौं । आमाको कोखबाट जन्म लिइ पालनपोषणबाट बलियो बनेपछि आमालाई नैे बेच्ने खालको सन्तानको रखबारी गरौं, होशियार बनौं, राष्ट्रिय हितमा एकताबद्ध बन्नुपर्दछ । यो आजको आवश्यकता हो । आन्दोलनको पृष्ठभूमिप्रति सधै सम्मान गर्दै प्राप्त उपलब्धी र अवसरलाई मर्यादित र सक्षमतापूर्वक उपभोग गर्दै थप संघर्ष पनि मर्यादित रुपले निरन्तर जारी राख्नु पर्दछ । जबसम्म समाजमा वर्गीय विभेद अन्त्य हुँदैन तबसम्म महिलामूक्ति आन्दोलन रोकिदैन ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend