काठमाडौं । बिधि मिचेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा झापाको बीएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो निर्णयप्रति आपत्ती जनाएको हो ।
‘नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेप गर्नु खेदजनक र आपत्तिको कुरा हो’, विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुहोस्
शिक्षामन्त्रीको ठाडो निर्देशनमा कानून मिचेर केयूले गर्यो बिएण्डसीलाई सम्बन्धन दिने निर्णय