logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • शिक्षामन्त्रीको ठाडो निर्देशनमा कानून मिचेर केयूले गर्यो बिएण्डसीलाई सम्बन्धन दिने निर्णय 

    शिक्षामन्त्रीको ठाडो निर्देशनमा कानून मिचेर केयूले गर्यो बिएण्डसीलाई सम्बन्धन दिने निर्णय 

    5K
    Shares

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित  बिएण्डसी अस्पताललाई नियमविपरित मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।  बुधबार बसेको केयूको सिनेट बैठकले  बिएण्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। 

    ‘झापास्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत केयुमा एमबिबिएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिकका लागि निवेदन पेश गरेको सन्दर्भमा सहकुलपति एवं शिक्षा मन्त्रीबाट निर्देशन भए अनुरुप त्यस  बिएण्डसी  मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको संस्थाको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भयो’ , बैठकको माइन्युटमा भनिएको छ ।                                   

    नियमअनुसार कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सम्बन्धित विश्वविधालयलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको हुनुपर्छ ।  आयोगले मेडिकल कलेजका लागि आवश्यक मापदण्ड तथा अन्य पूर्वाधार पुरा गरेको निश्चित भएपछि मात्र विश्वविद्यालयलाई सम्बन्धनको सिफारिस गर्छ । बिएण्डसीकाे हकमा भने आयोगले अहिलेसम्म सम्बन्धनको सिफारिस गरेको छैन। 

    स्कुल अफ मेडिकलका डिन डा राजेन्द्र कोजुले भने सम्बन्धन सम्बन्धी विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै सम्बन्धन दिन नहुने बताएका छन् । 

    चिकित्सा क्षेत्रमा भएको विसङ्गतीविरुद्द लामो समयदेखि अभियान चलाउँदै आएका डा गोविन्द केसीले केयूको निर्णय मान्य नहुने बताएका छन् । चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ र अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकाले यो कानूनसम्मत नहुने उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend