काठमाडाैं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साेमबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ ।
उनले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धतालाई साकार बनाउनु आफ्नाे लक्ष्य रहेकाे पनि बताएका छन् ।
सोमबार आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका छन्।
उनले मन्त्री पदमा रहुन्जेल आफू संलग्न रहेको सबै व्यावसायिक संस्थाबाट राजीनमा दिने पनि बताए।
शिक्षा, स्वास्थ्य, हाइड्रोलगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन्। स्वास्थ्य मन्त्री नियुक्त नहुँदै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारुढ गठबन्धनले देउवाको आलोचना गरेको थियो।
महामारीको समयमा स्वास्थ्य मन्त्रालय नेतृत्वबिहीन बन्दा काम प्रभावकारी नभएको भन्दै देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
कार्ययोजना :
याे पनि पढ्नुहाेस् ।