logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • क्लास्सिक टेकको अफर: इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

    क्लास्सिक टेकको अफर: इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

    6.3K
    Shares

    काठमाडौँ – इन्टरनेट सेवा प्रदायक कम्पनी  क्लासिक टेकले ग्राहकलाई लक्षित गर्दै आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ।

    क्लासिक टेकले सार्वजनिक गरेको नयाँ अफरअन्तर्गत कम्पनीले ४ महिनासम्म ग्राहकहरूलाई रिफर गरेबापत बोनस दिन सकिने व्यवस्था ल्याएको छ।

      रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क दुई महिनाको इन्टरनेट प्याकेज दिने गरी नयाँ अफर सार्वजनिक गरेको हो। 

     जसमा दुई महिना इन्टरनेट र दुई महिना आइपिटिभी बोनस छ। यसरी कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्यान्डविथ इन्टरनेट र ५ गिगाहर्ज राउटरसहित आइपिटिभी दिदैँछ।

    नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि सुरू भएको हो। यसले झन्डै १२ बर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। 

    क्लास्सिक टेकको विभिन्न इन्टरनेट प्याकेज १५० एमबिपिएस, २२५ एमबिपिएस, ३२५ एमबिपिएस, ६२५ एमबिपिएस र १००० एमबिपिएससम्म छ। कम्पनीको मुख्य उदेश्य देशका ग्रामीण ठाउँहरूमा समेत इन्टरनेटको पहुँच पुर्‍याउने साथै न्यून मूल्यमा उच्च गतिको सेवा प्रदान गर्नु हो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend