logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रतितोला २ सय रुपैँया घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    प्रतितोला २ सय रुपैँया घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    1.9K
    Shares
    प्रतितोला २ सय रुपैँया घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला ५ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला २ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

    बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend