logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु भएको छ: उपमहासचिव ज्ञवाली

    चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु भएको छ: उपमहासचिव ज्ञवाली

    5.5K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाई छ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्याए ।

    गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका काँग्रेसहरू आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए । उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend