logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • हामी मत मात्र हेरिरहेका छैनौं, मन र मस्तिष्कलाई जोड्ने अभियानमा पनि छौँ: रजनी थापा

    हामी मत मात्र हेरिरहेका छैनौं, मन र मस्तिष्कलाई जोड्ने अभियानमा पनि छौँ: रजनी थापा

    9.1K
    Shares

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा रजनी थापा चुनाव लड्दै छिन् । नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मेदवार बनाएको हो ।

    यसअघिको स्थानीय निर्वाचनमा थापा ५१ मतले उपमेयरमा पराजित भएकी थिइन् । तर यसपटक भने उनी मेयरमा उम्मेदवार भएकी हुन् । यसपटकको मेयरमा उम्मेदवार दिएका मध्ये उनी कान्छी उम्मेदवार पनि हुन् ।

    यसअघि एमालेले जितेको यस नगरमा अहिले कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उठेका छन् । राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिनु पर्ने बताउँदै थापाले भनिन्, यसअघि टोखाबाट जितेकाहरूले गर्न नसकेको काम यसपटक म गरेर देखाउँछु ।

    यसपटक टोखा नगरपालिका प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ। जसमध्ये सबैभन्दा धेरै चर्चा रजनी थापाकै छ । हामी मत मात्र हेरिरहेका छैनौं । मन र मस्तिष्कलाई जोड्ने अभियानमा पनि छौँ । थापाले भनिन् । कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बोकेर अघि बढेकी थापाले विगतमा आफूले गरेका कामको मूल्यांकन यसपटक टोखावासीले गर्ने विश्वास व्यक्त गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend