logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रेनु दाहालले गरेकाे विकासका कारण काठमाडौंमा भन्दा भरतपुरमा जग्गा महंगो भयो: प्रधानमन्त्री देउवा

    रेनु दाहालले गरेकाे विकासका कारण काठमाडौंमा भन्दा भरतपुरमा जग्गा महंगो भयो: प्रधानमन्त्री देउवा

    8.1K
    Shares

    काठमाडाै‌ । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् । बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई सबैले सहयोग गरेर जिताउन आग्रह गरेका हुन् ।

    उनले निवर्तमान मेयर समेत ररहेकी दाहालले महानगरपालिकामा राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई जिताउनुपर्ने बताए । दाहालले निर्वाचन जितिसकेको उल्लेख गर्दै उनले कांग्रेसले बखेडा गर्नुनहुने बताए । प्रधानमन्त्री देउवाले देशमा गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै भरतपुरबाट गठबन्धन टुट्न दिनु नहुने बताए । उनले हाल दाहाललाई जिताउनु आफुहरुको कर्तव्य रहेको भन्दै पछि आफुहरुका लागि छोड्न आग्रह गरिने पनि बताए ।

    उनले भरतपुरमा रेनु दाहालले गरेका विकास निर्माणका कामका कारण काठमाडौंमा भन्दा जग्गा महंगो भएको बताए । दाहाललाई कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

    याे पनि:

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend