logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ -प्रचण्ड

    स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ -प्रचण्ड

    6.1K
    Shares

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् ।

    सोमबार एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्- ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’

    यसअघि उनले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गरेका छन्। जनताले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

    प्रचण्डकाे वक्तव्य-


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend