logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • मेरो घर डडेल्धुरा हो, सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै छुट्याउँछु: प्रधानमन्त्री देउवा

    मेरो घर डडेल्धुरा हो, सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै छुट्याउँछु: प्रधानमन्त्री देउवा

    7K
    Shares

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनको नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

    उनले भने, ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend