logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गगनले संसदमा प्रवेश गराए ‘सौन्दर्य प्रतियोगिता आयोजकद्धारा बलात्कार’ प्रकरण

    गगनले संसदमा प्रवेश गराए ‘सौन्दर्य प्रतियोगिता आयोजकद्धारा बलात्कार’ प्रकरण

    5.1K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले सौन्दर्य प्रतियाोगिता आयोजकद्धारा ‘बलात्कार’ प्रकरण संसदमा प्रवेश गरेको छ । यो प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।

    आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

    ‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

    ८ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि दोषीलाई कारबाही गराउन चौतर्फी दबाब बढिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend