logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • स्वतन्त्र उम्मेदवारलाई मत दिएर मतदाताले ठुला पार्टीलाई सच्चिन सन्देश दिए : गगन थापा

    स्वतन्त्र उम्मेदवारलाई मत दिएर मतदाताले ठुला पार्टीलाई सच्चिन सन्देश दिए : गगन थापा

    5.6K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले काठमाडौंमा स्वतन्त्र उम्मेदवारले लिएको अग्रताले मतदाताले पार्टीलाई सच्चिने सन्देश दिएको बताएका छन् । संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद थापाले यस्तो बताएका हुन् ।

    कांग्रेस एमाले जस्ता ठुला पार्टीलाई मतदाताले सन्देश दिन खोजेको देखिएको उनले बताए । ‘मतदाताबाट हामी तपाईले सञ्चालन गरेको कामबाट सन्तुष्ट छैनौं भन्ने सन्देश आयो’ उनले भने–अहिले काठमाडौंमा ठुला पार्टीबाट जुन उम्मेदवार भएपनि यस्तो अवस्था आउने रैछ ।’ उनले भने । यसबाट ठुला पार्टीले सिक्नुपर्ने भन्दै सांसद थापाले पार्टीमा नयाँ र योग्य मान्छेलाई ठाउँ दिनुपर्ने बताए ।

    ‘नयाँ मान्छेलाई पार्टीमा ठाउँ दिनुपर्छ’ उनले भने–‘दलको बाटोबाट जार्दै गर्दा हामीले यतिधेरै बाटो बनाएका छौं की उनीहरु थाक्छन् । उनीहरुको योग्यतालाई नै पार्टीमा स्थान दिनुपर्छ ।’ अब पार्टीले व्याक्तिगत तथा दलीय रुपमा आत्मसमिक्षा गर्न पनि आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend