logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णाली नदी माथि छैन पुल, खाद्यान्न ढुवानी गर्नपनि तुइनकै भर

    कर्णाली नदी माथि छैन पुल, खाद्यान्न ढुवानी गर्नपनि तुइनकै भर

    4.7K
    Shares

    हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाटै खाद्यान्न ढुवानी गर्दै आएको छ । कर्णाली नदी माथि पुल नभएपछि नयाँ तुईन् निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुुसार जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिका जोड्ने सलीसल्लास्थित कर्णाली नदीमा तुुइनबाट ढुवानी हुँदै आएको हो ।

    उक्त स्थानसम्म नेपालगन्ज र सुर्खेतबाट गाडीमा खाद्यान्न पु¥याइन्छ । त्यसपछि खाद्यान्नलाई तुुइनबाट ढुवानी गरेर, कर्णाली पार गरी सलीसल्ला पु¥याइने गरेको उनले बताए । खाद्यान्न ढुवानीको जिम्मा पाएको एयर सिम्रिक कार्गो प्रालिले सलीसल्लामा तुईन् निर्माण गरेर ढुवानी गर्ने व्यवस्था गरेको हो । यसका लागि ८ जना कामदारलाई तुुइनमार्फत खाद्यान्न पारि लैजाने जिम्मा लगाइएको छ ।

    तुुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण भएको हेलिप्याड नजिक खाद्यको गोदाममा राख्ने गरिएको छ । उक्त गोदामबाट भने हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिनेछ । यसरी तुुइनबाट ५ हजार किलोभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ ।

    शाखाको गोदामका लागि हवाई मार्गबाट ढुवानी हुुनुुपर्नेमा हवाई जहाजले ढुवानी गर्न छोडेपछि सप्लायर कम्पनीले उक्त उपाय अपनाउनुु परेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend