logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • उप निर्वाचन अपडेट : मतदान केन्द्रबाट सदरमुकाम इलाम बजार मतपेटिका ल्याइदै

    उप निर्वाचन अपडेट : मतदान केन्द्रबाट सदरमुकाम इलाम बजार मतपेटिका ल्याइदै

    1.2K
    Shares
    उप निर्वाचन अपडेट : मतदान केन्द्रबाट सदरमुकाम इलाम बजार मतपेटिका ल्याइदै

    काठमाडौँ । इलाम क्षेत्र नं २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम क्षेत्र नं २ मा ५७ प्रतिशत मत खसेको छ ।

    निर्वाचन कार्यालयका अनुसार इलाममा करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना आज शनिबार नै सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । अहिले सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    उनले भने, ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौँ ।’

    भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ ।

    इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend