logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • यौन दुर्व्यवहार गरेको आरोपमा क्याम्पसका कोअर्डीनेटर रहेका एमालेका नेता पक्राउ

    यौन दुर्व्यवहार गरेको आरोपमा क्याम्पसका कोअर्डीनेटर रहेका एमालेका नेता पक्राउ

    10.4K
    Shares

    काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् ।

    अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।

    कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend