logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गगन थापालाई शान्ता चौधरीले भनिन्, तपाईमा मानवता हराएको जस्तो लाग्यो

    गगन थापालाई शान्ता चौधरीले भनिन्, तपाईमा मानवता हराएको जस्तो लाग्यो

    8.6K
    Shares

    काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मानवता हराउँदै गएको होकी भनेर प्रतिक्रिया दिएकी छन् ।

    शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले गठबन्धनको मोहले थापालाई मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी हुन् । चौधरीले लेखेकी छिन्, ’गगन जी! तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ ।

    तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’

    सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा थापाले केपी ओलीलाई निर्वाचनको हारपछि रन्थनिएका बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend