logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बर्दियामा ७ वर्षीया बालिका ४४ वर्षीय पुरुषबाट बलात्कृत

    बर्दियामा ७ वर्षीया बालिका ४४ वर्षीय पुरुषबाट बलात्कृत

    5.2K
    Shares
    बर्दियामा ७ वर्षीया बालिका ४४ वर्षीय पुरुषबाट बलात्कृत

    काठमडौं । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका ५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    सोही गाउँपालिका ३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend