logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बिहानै सिसडोल पुगेका मेयर उपमेयरले दिए एक हप्तामै समस्या समाधान गर्ने बचन

    बिहानै सिसडोल पुगेका मेयर उपमेयरले दिए एक हप्तामै समस्या समाधान गर्ने बचन

    8K
    Shares
    बिहानै सिसडोल पुगेका मेयर उपमेयरले दिए एक हप्तामै समस्या समाधान गर्ने बचन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बने लगत्तै एक्सनमा उत्रिएका बालेन शाह उपमेयर सुनिता डंगोललाई लिएर शुक्राबार बिहानै काठमाडौँको फोहोर बोकेको स्थान सिसडोल पुगेका छन् ।

    मेयर शाह र उपमेयर डंगोल फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न भन्दै बिहानै सिसडोल पुगेका हुन् । सिसडोल जानु अघि मेयर उपमेयरले बिहिवार साँझ सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका थिए । सो पश्चात सिसडोलवासीका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल पुगेका हुन्

    डम्पिङ साइटका कारण निकै समस्या झेलेका सिसडोलबासीसंगको छलफलमा स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साह र उपमेयर डंगोलले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने बताएका छन् ।

    केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने भन्दै उनीहरुले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउछौं ’ तर केमिकल बोकेर आउने ट्रकलाई नरोक्न उनीहरुले सिसडोलबासीलाई आग्रह गरे। फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि मेयर बालेनले सिसडोलबासीलाई सुनाए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने उनीहरुको भनाई छ।

    मेयर बालेनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने बताए । ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ उनले भने ।

    उता स्थानीयले भने आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दा स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाले प्रहरी प्रशासन लगाएर दमन गरेको गुनासो गरेका थिए ।

    मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए । त्यसको दीर्घकालीन समाधान गर्ने उपायको खोजी गर्ने प्रतिवद्धता जाहेर गरेर मेयर उपमेयर काठमाडौं फर्किएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend