logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ: प्रधानमन्त्री देउवा

    एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ: प्रधानमन्त्री देउवा

    5.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन्।  जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको बताए।

    ‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,’देउवाको भनाइ उदृत गर्दै यादवले भने,’यो मेरो आश्वासन होइन, ठोकुवा हो। बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।’

    बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए। विगतमा बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो। संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौं युवा नागरिकताबाट बञ्चित भएको उनले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend