logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एसपीपी सम्झौता गरिए राष्ट्रघात हुन्छ: देव गुरुङ

    एसपीपी सम्झौता गरिए राष्ट्रघात हुन्छ: देव गुरुङ

    5.2K
    Shares

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपिएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठुलो समस्या पैदा गर्ने उनले बताए । उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा विश्वास व्यक्त गरे ।

    उनले भने – ‘यदी त्यो सम्झौता भयो भने बिडम्बनाको विषय बन्छ । नेपालको राष्ट्रिय अस्मितामा गम्भिर घात बन्छ । गम्भिर राष्ट्रघात हुन्छ र नेपाली सेना अमेरिकी सेनाको आइपिएसको अंग बन्न जान्छ । आइपिएसको अंग बन्न गइसकेपछि नेपालको भुराजनीतिक स्थितिको सम्बन्धमा नेपालको स्वाधिनतामाथि ठुलो समस्या पैदा हुन्छ । त्यसकारणले गर्दा यसप्रकारको सन्धी, सम्झौता गरिनु हुँदैन भनेर हामीले सजग गराउने प्रयास गरिरहेका छौँ । सरकारले त्यसप्रकारको सन्धी, सम्झौता गर्ने छैन भन्ने कुरामा हामी आशावादी छौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend