logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एसपीपी बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गर्नु गम्भिर: वर्षमान पुन

    एसपीपी बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गर्नु गम्भिर: वर्षमान पुन

    4.5K
    Shares
    एसपीपी बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गर्नु गम्भिर: वर्षमान पुन

    काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भिर भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अव यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरे । उनले भने, ‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यतयाः परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरी कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याविनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नु पथ्र्यो । तर यी सबै कुुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भिर कुरा हो । अव आईन्दा यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ । यो त राजनीतिक नेतृत्व र सरकारको नेतृत्वलाई छलेर आएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend