logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसीसी महिला टी–२०: हङकङसँग नेपाल ७ विकेटले पराजित

    एसीसी महिला टी–२०: हङकङसँग नेपाल ७ विकेटले पराजित

    3.4K
    Shares
    एसीसी महिला टी–२०: हङकङसँग नेपाल ७ विकेटले पराजित

     

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ ।

    नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो ।

     

    हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् । ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरीबाट क्याच आउट भइन् ।

    तेस्रो क्रममा आएकी नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आएकी सानेज सहजाद ४ रनमा अविजित रहे । चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट भइन् । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन् ।

     

    यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाइन् । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाइन् ।

    नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो ।

    खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन् । मरियम बीबी र एलिशा हर्बडले समान १÷१ विकेट लिए ।

    समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ । समूह ‘ए’ को विजेता युएई नेपालको लागि बलियो प्रतिस्पर्धी हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend