logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएका छन्: सांसद राई

    सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएका छन्: सांसद राई

    4.3K
    Shares
    सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएका छन्: सांसद राई

    काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताएका छन् ।

    उनले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गरे । उनले सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको आरोप लगाए । उनले भने –‘सत्तापक्षका सांसदहरु नै यो सरकारले राष्ट्रका विपक्षमा गरिरहेका यी राष्ट्रघाती क्रियाकलापहरुले गर्दा उहाँहरु एकदमै प्रताडित हुनुहुन्छ । यो सरकारले गरिरहेको गतिविधिबाट गठबन्धन सरकारका सहभागी दलहरु नै आतंकित हुनुहुन्छ । तर्सिनुभएको छ । र यो सरकारबाट भाग्न पाए हुन्थ्यो । निस्किन पाए हुन्थ्यो भनेर पो भनिरहनु भएको हो कि ? भन्ने लाग्यो । मुल रुपमा यो सरकार देख्दैन, सुन्दैन, संवेदनहीन छ । यो सरकार भ्रष्ट छ । यो सरकार सेटिङमा चल्छ । यो सरकार दृष्टिकोणबिहीन छ । सार रुपमा यो सरकार यस्तै छ ।’

    सांसद राईले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’ भएको टिप्पणी गरे । उनले बहालवाला एक मन्त्रीले असभ्य भाषा प्रयोग गरेको उल्लेख गर्दै असभ्य भाषा प्रयोग गर्ने मन्त्रीलाई हटाउन नसक्नु सरकारको नालायकीपन भएको बताए । उनले सरकार जनताप्रतिको उत्तरदायित्वबाट भागिरहेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend