logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन्: प्रदीप ज्ञवाली

    जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन्: प्रदीप ज्ञवाली

    9.5K
    Shares
    जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन्: प्रदीप ज्ञवाली

    चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपंक्तिका सिपाही भएका बताएका छन् । एकहत्तरौं मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन चितवनले मंगलवार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे ।

    एमाले चितवनका जनप्रतिनिधि सहभागी कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुपर्ने बताए । उनले भने, ‘जनतालाई समृद्ध जीवन दिन सक्छौं कि सक्दैनौं, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।’

    जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे ।

    कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउन्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    यसअघि उपमहासचिव ज्ञवालीले स्व. भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend