logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • देशभर एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

    देशभर एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

    5.5K
    Shares
    देशभर एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।

    जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् ।

    यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार १२४ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend